सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्।
अध्यक्षमा निमबहादुर केसी निर्वाचित भए। उनले ४४६४ मत ल्याएका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र केसीलाई हराएका हुन्। रामचन्द्रले जम्मा तीन हजार १४ मत ल्याएका छन्।
उपाध्यक्षमा माओवादीकी जुना मल्ल चन्द निर्वाचित भइन्। उनले ४४६६ मत ल्याइन्।
वडा नम्बर १ को अध्यक्षमा टंकबहादुर वली, वडा नम्बर २ को अध्यक्षमा सार्की खत्री, वडा नम्बर ३ को अध्यक्षमा पोखरबहादुर खत्री, वडा नम्बर ४ को अध्यक्षमा चन्द्रबहादुर रावत, वडा नम्बर ५ को अध्यक्षमा सुदीप केसी र वडा नम्बर ६ को अध्यक्षमा देवी खत्री निर्वाचित भएका छन्।
वडाध्यक्ष निर्वाचित भएकाहरू सबै माओवादी केन्द्रका हुन्। केही वडा सदस्यहरू भने नेपाली कांग्रेसले पनि जितेको छ।

