+
+
-- Sponsored Ad --

टेकुमा थुप्रिएको फोहोर प्लाष्टिकले छोपियो

286 पटक हेरिएको
Clock २०७९ असार २६, आईतवार १३:३०
-- Sponsored --

२६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले टेकुस्थित ट्रान्सफर स्टेशनमा थुप्रिएको फोहोरमा जीवातु(जैविक तरल पदार्थ) हालेर प्लाष्टिकले छोपेको छ ।

अहिले झरीले बञ्चरेडाँडा जाने सडक विग्रेको कारण पूर्ण क्षमतामा फोहोर ढुवानी हुन सकेको छैन । त्यसैले टेकुमा फोहोर थुप्रिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य सुनिल लम्सालका अनुसार अहिले १५० भन्दा धेरै गाडी जान सकेको छैन । टेकुमा माघदेखिको फोहोर जम्मा भएको लम्सालले अनलाइनखबरलाई जानकारी दिए ।

त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ । बाँकी क्षेत्रमा हरियाली बगैंचा बनाएर फोहोरबाट हुने नकारात्मक प्रभाव घटाउने महानगरको प्रयास छ ।

तस्वीरहरू : काठमाडौं महानगरपालिका

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win