१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । अवर्गीकृत परीक्षार्थीको सङ्ख्या भने १ लाख ६७ हजार ५९७ रहेको छ ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

कसरी हेर्ने एसईईको नतिजा ?

राष्ट्रिय परीक्षा बोर्डकाअनुसार एसईई नतिजाको विस्तृत विवरण एसएमएस, आईभीआर र वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएकोले सो सर्ट कोड र वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।
एसएमएस र आईभीआरमार्फत  हेर्न नेपाल टेलिकमको एसएमएस/यूएसएसडी र आईभीआरका लागि १६०० मा मेसेज गरेर हेर्न सकिन्छ । त्यस्तै, जानकी टेक्नोलोजी प्रालिको एसएमएस मार्फत हेर्न ३५००१, आकाश टेक प्रालिबाट हेर्न ३४४५५, अल स्टार आईटी सोलुसन्स प्रालिको लागि ३४९४९ मा एसएमएस गरेर हेर्न सकिन्छ ।

एस इ इ काे नतिजा याे लिक‍ंमा क्लिक गरि सिम्बाेल नम्वर राखेर हेर्न सकिन्छ ।

यसैविचः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने बताएको छ ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

‘पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवदेन गर्न सकिने व्यवस्था गरिएको छ, जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि यस कार्यालयको वेबसाइटमा गई पुनर्योग फाराम भरी आवेदन गर्न सक्ने छन्,’ बोर्डले भनेको छ ।

‘पुनर्योगका लागि २३ असारको बेलुका ५ बजेसम्मको समय बोर्डले तोकेको छ । ‘सोसम्बन्धी सूचना नतिजा प्रकाशन भएपछि राष्ट्रिय परीक्षा बोर्ड पनिका कक्षा १० र राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय कार्यालयको बेवसाइटबाट हेर्न सकिनेछ,’ बोर्डले भनेको छ ।

त्यस्तै, नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कहिँकतै त्रुटि देखिएमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को मूल अभिलेखबाट सच्याइने व्यवस्था गरेको बोर्डले जनाएको छ ।

एसईईको मौका परीक्षा २९ साउनदेखिः

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो ।

शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।

गत वर्षभन्दा सुधार भयो एसईईको नतिजाः

 यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वर्षभन्दा सुधार भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ । यसअनुसार गत वर्षभन्दा अहिले १३.९५ प्रतिशतले एसईईको नतिजा सुधार भएको हो ।

नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् ।

बोर्डका अनुसार १२६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

गत वर्ष एसइईको नजिता खराब आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शिक्षा मन्त्रालयसम्मले त्यसमा चासो दिएका थिए । प्रधानमन्त्री ओलीले बारम्बार एसइईको नतिजा सुधार गर्नेगरि काम गर्न निर्देशन दिएका थिए ।