+
+
-- Sponsored Ad --

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

407 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार ०९:५५
-- Sponsored --

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ ।

प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएकाे हाे । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँकाे भनाइ छ ।

उता, राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीहरूले भने राष्ट्रपति गोताबाया राजपाक्षेको औपचारिक रुपमा राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् । प्रदर्शनकारीहरूले सरकारी निवास कब्जामा लिएपछि वेपत्ता हुनुभएका राष्ट्रपति राजपाक्षे कहाँ हुनुहुन्छ भन्ने अझैसम्म थाहा छैन्।

राजधानी कोलोम्बो शहरमा सैनिक परिचालन गरिएको छ । साथै रक्षा प्रमुख साभेन्द्र सिल्भाले शान्ति तथा सुव्यस्था कायम गर्न सघाउन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win