+
+
-- Sponsored Ad --

विदेश अध्ययन गर्न जानेलाई सटही सुविधा दिन शर्त लगाउन सकिन्छ : सुरेन्द्र पाण्डे

330 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १०:१२
-- Sponsored --

२७ असार, काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बाह्य क्षेत्रमा देखिएको दबावलाई व्यवस्थित गर्न गरेका प्रयासले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन् ।

प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले आज आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा उनले विदेशी मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि सिथिल हुने अनुमान गरे ।

उनले भने, ‘बाह्य क्षेत्रका समस्यालाई आधार मानेर जुन नीति लिनु भएको छ, तरलताको माग नै घटाएर समस्या समाधान गर्ने तपाईंहरूको प्रयास छ, यसले आर्थिक गतिविधि, रोजगारी सिथिलता आउँछ, मूल्यवृद्धि झनै बढाउँछ ।’

यसले सरकारले अगाडि सारेको लक्ष्य पनि पूरा नहुने पूर्वमन्त्री पाण्डेको भनाइ छ । ‘आर्थिक वृद्धि ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत भनेको छ, ७ प्रतिशत मुद्रास्फीति लक्ष्यले नियन्त्रणमा जाउ भनेको छ, जुन अर्थमन्त्रालयले मति बुझेर राख्यो तपाईंहरूले कति बुझ्नु भएको छ ?’ उनले प्रश्न गरे ।

उक्त चापलाई समाधान गर्ने चालेका कदमले अर्थतन्त्रमा मन्दीको जोखिम रहेको उनले बताए । विदेशी मुद्रा आर्जनको स्रोत सीमित रहेको बताउँदै उनले विदेशी मुद्राको सञ्चिति अझै लम्बिने बताए । भारुसँग स्थिर विनिमयदर भएकाले अहिलेसम्म नेपाली रुपैयाँ धेरै अवमूल्यन नभएको बताउँदै उनले भारु नै कमजोर भए नेपाली मुद्रा झन् समस्यामा पर्ने जोखिम उनले औंल्याए ।

विदेशमा पढ्न जानेलाई १० महिनामा ५१ अर्ब लगेको तथ्यांक प्रस्तुत गर्दै उनले अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त लगाउन सकिने बताए । ‘यसले राज्यलाई योगदान गरेको छैन भने अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त किन लागू नगर्ने ?’ उनले प्रश्न गरे ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win