+
+
-- Sponsored Ad --

कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी

334 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १६:५०
-- Sponsored --

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताउनुभयो ।

बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुने छ । आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो । भ्रातृ संस्थाका रुपमा नेपाल थारु संघ र नेपाल आदिवासी जनजाति महासंघले मान्यता पाउने भएका छन् ।

यो प्रस्ताव आजदेखि बस्ने बैठकमा प्रस्तुत भएको छ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको विधान स्वीकृत गरी ती संस्थाहरुलाई भ्रातृ तथा शुभेच्छुक संस्थाको रुपमा अनुमति प्रदान गर्ने छ ।

अब कांग्रेसका भ्रातृ संस्थाको संख्या १५ पुग्नेछ भने शुभेच्छुक संस्थाको संख्या २७ पुग्ने छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win