+
+
-- Sponsored Ad --

कास्कीको क्याँदुखोला २ दिनदेखि पहिरोले थुनियो

276 पटक हेरिएको
Clock २०७९ असार २७, सोमबार १६:५८
-- Sponsored --

२७ असार, पोखरा । कास्कीको मादी गाउँपालिकाको माथिल्लो भेगमा रहेको क्याँदू खोला पहिरोका कारण थुनिएपछि तल्लो तटीय क्षेत्र जोखिममा परेको छ । पालिकाको दुर्गम भेगको २ ठूला पहाडको बीचमा पहिरो गएर शनिबारदेखि खोला थुनिएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।

हुँगुमा सिक्लेसका केही स्थानीय भेडा चरणसँगै होटल व्यवसाय गर्छन् । नेपालकै सबैभन्दा होंचो स्थानको हिमताल कफुचे ताल त्यही बाटो भएर जाने भएकाले त्यहाँ मादिवासीले होटल व्यवसाय गरेका हुन् ।

हुँगुको नजिकै क्यादु खोला बग्छ । त्यहाँ होटल व्यवसायीले त्यही खोलाको पानी प्रयोग गर्दै आइरहेका छन् । तर, शनिबार साँझ करिब ५ बजेबाट खोला आउन छाड्यो । लगातारको झरीमा पनि खोलामा पानी नआएपछि स्थानीय होटल व्यवसायीले गाउँपालिकालाई खबर गरेका थिए ।

‘त्यहाँ (हुँगु) फोनले काम गर्दैन । स्याटेलाइट फोनबाट ४० मिनेट पानी आएन भनेर खबर भएको हो,’ वडाध्यक्ष गुरुङले भने, ‘आइतबार पनि पानी नआएपछि त्यहींका व्यवसायीले हेलिमार्फत हेरेर फर्किंदा खोला थुनिएको थाहा भयो ।’

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win