+
+
-- Sponsored Ad --

उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण

261 पटक हेरिएको
Clock २०७९ असार २८, मंगलवार १४:१४
-- Sponsored --

२८ असार, काठमाडौं ।  राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगिका कारण जनता आक्रान्त भएको बताए ।

उनले दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गरे ।

सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताए ।

उनले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताए । उनले आयातलाई कम गर्दै लानुपर्ने बताए ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win