थन्थाप गैँडाकोट समाजको साधारण सभा सम्पन्न

हरि सुवेदी
गैँडाकोट । थन्थाप गैँडाकोट समाजको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जनगायक जीवन शर्माले समाजमा रहेका सबैलाई एकतावद्ध भई समाजमा आवद्ध गराउन सके दुःख शुखमा सहज हुने बताउनुभयो । विशिष्ट अतिथि गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले पुर्खाको पहिचान र सबैलाई गोलवद्ध भई कार्य गर्न सघाउ पुग्ने बताउनुभयो । थन्थापको माईका थान मन्दिरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य कृष्ण पौडेल, समाजका संस्थापक अध्यक्ष कमल सुवेदी, वडा नं. ५ का वडा अध्यक्ष नवराज कंडेल, भिमप्रसाद शर्मा, घनश्याम कंडेल, काशीनाथ कंडेल, करुणासागर सुवेदी, विष्णु पौडेल, केशवराज पौडेल, प्रजानाथ कंडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजका सचिव तिलकप्रसाद कंडेलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सम्झना अधिकारी शर्माले आर्थिक प्रतिवेदन र समाजका उपाध्यक्ष कृष्ण पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम थन्थाप गैँडाकोट समाजका अध्यक्ष नरेन्द्रबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । गैँडाकोट ९ थुम्सीमा भएको कार्यक्रमको सहजिकरण डिल्ली आचार्यले गर्नु भएको थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 108 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *