0 प्रतिक्रिया
अर्थमन्त्रीमाथि छानबिन : विशेष समितिले अर्थ मन्त्रालयसँग माग्यो सीसीटीभी फुटेज
२८ असार, काठमाडौं । करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सीसीटीभी फुटेजसहित अन्य कागजातहरु मागेको छ ।
मंगलबार सिंहदरवारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर्माणको बेलाको सीसीटीभी फुजेट माग गर्ने निर्णय गरेको हो ।
पहिलो बैठकले समितिको आन्तरिक कार्यविधि पारित गरेको छ । सभापति चयनमा भने सत्तापक्ष र विपक्षले दाबी प्रस्तुत गरेपछि पहिलो बैठकले टुंग्याउन सकेन । अर्को बैठक बुधबार दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



