0 प्रतिक्रिया
प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिकता विधेयक पेश गर्ने तयारी
२९ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेश गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पेश गर्ने उल्लेख गरिएको छ ।
नेपाल रेल्वे विधेयक-२०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने, पारित गर्न प्रस्ताव गर्ने, आयुर्वेद विश्वविद्यालय विधेयक २०७६ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने लगायतका कार्यसूची पनि रहनसक्ने संसद सचिवालयले जनाएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




