+
+
-- Sponsored Ad --

प्रभु शाहको प्रश्न : बस भाडा तोक्ने, वकिलको शुल्क किन नतोक्ने ?

204 पटक हेरिएको
Clock २०८० असार ३१, आईतवार १५:३२
-- Sponsored --

३१ असार, काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु शाहले कानुन व्यावसायीहरुले सेवा दिँदा सेवाग्राहीले लिने न्युनतम र अधिकतम रकम तोकिनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर उनले बस भाडा तोक्ने सरकारले वकिलको फिस तोक्नुपर्छ कि पर्दैन भनी प्रश्न गरेका हुन् ।

‘नेपालमा बस भाडा पनि सरकारले नियमन गरिराहुन्छ । एउटा फ्याक्टीका उत्पादन पनि सरकारले नियमन गरिरहेको हुन्छ भने वकिलहरुले बसहमा कति पैसा लिने ? लेखनमा कति पैसा लिने ? परामर्शमा कति पैसा लिने ? त्यसको न्युनतम र अधिकतम पसा तोक्नपर्ने हा कि होइन ? यसको बारेमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस्’ सांसद शाहले भनेका छन् ।

वकिलहरुले मनपरी पैसा लिने गरेका कारण गरिबले कानुन व्यावसायीलाइ राख्न समेत नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

‘वकिलहरुले मनपरी फिस लिने गरेका छन् । पाँच लाख/दश लाखसम्म लिन्छन् । गरिबले वकिल राख्न सक्दैनन्’ उनी प्रश्न गर्छन, ‘अरुलाई कानुन सिकाउने, न्यायको पैरवी बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानुन लाग्छ कि लाग्दैन ?’ कानुन व्यावसायीहरु पनि जवाफदेही हुनुपर्ने उनको भनाइ छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win