+
+
-- Sponsored Ad --

निजी तथा साझेदारीका रुपमा सञ्चालित शिक्षालयलाई सीटीइभीटीको अनुदान

308 पटक हेरिएको
Clock २०७९ असार ३०, बिहीबार १८:५६
-- Sponsored --

३० असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले नियम मिचेर निजी तथा साझेदारी रुपमा सञ्चालित शिक्षालयलाई सार्वजनिक कोषबाट अनुदान दिएको पाइएको छ ।

महालेखा परिक्षकको ५९ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७६/०७७ सम्म पाँच संस्थालाई ६५ करोड ७४ लाख ६६ हजार दिएको उल्लेख छ । अनुदान दिने रकम क्रमशः वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

नियमानुसार परिषद्ले आंगिक पोलिटेक्निकल इन्स्टिच्युटहरुलाई मात्रै सार्वजनिक कोषबाट अनुदान दिनुपर्नेछ ।

यस्ता पोलिटेक्निकल इन्स्टिच्युटहरुलाई आर्थिक वर्ष २०७७/०७८ मा ९ करोड २६ लाख २० हजार अनुदान दिएको प्रतिवेदनले देखाएको छ ।

 
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win