+
+
-- Sponsored Ad --

क्यानको साधारण सभा पुसकाे १४ र १५ गते

347 पटक हेरिएको
Clock २०७८ मंसिर १, बुधबार ०७:४९
-- Sponsored --

मंसिर १, काठमाडौं ।। नेपाल क्रिकेट सङ्घ (क्यान) ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ।

क्यानको आज बसेको बोर्ड बैठकले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक छनोटका लागि सङ्घका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिसमेत गठन गरेको छ ।

ओमानमा सेप्टेम्बरमा सम्पन्न विश्व क्रिकेट लिग दुई अन्तर्गत अमेरिका र ओमान विरुद्धको शृङ्खलापछि तत्कालीन प्रशिक्षक डेभ ह्वाटमोर बाहिरिँदा नेपाली पुरुष क्रिकेट टोली प्रशिक्षकविहीन छ ।

क्यानले कातिक १ गते मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ६० जनाले निवेदन दिएका छन्  ।

मल्लको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रबन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र एक जना आईसीसी प्रतिनिधि रहनेछन् ।

त्यस्तै बैठकले सङ्घको विधानअनुसार चार वर्षे कार्यकाल समाप्त भएका जिल्ला क्रिकेट सङ्घहरूको अधिवेशन आउँदाे माघ ७ भित्र सम्पन्न गर्न सम्बन्धित सङ्घलाई निर्देशनसमेत दिएको छ । साथै बैठकले सङ्घको आर्थिक कार्यविधि पारितसमेत गरेको छ ।

बैठकले प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेसम्म सम्पन्न गर्नेलगायतका निर्णय गरेको छ ।
 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win