+
+
-- Sponsored Ad --

दुई वर्षमा भूमि सम्बन्धि सबै समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

281 पटक हेरिएको
Clock २०७९ श्रावण २, सोमबार १५:१८
-- Sponsored --

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धि सम्पूर्ण समस्या समाधान हुने बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवाचरुवा लगायत जग्गाहीनलाई जमीनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेको दाबी गर्नुभयो । उहाँले भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी ८ महिनाको समयावधिमा करिव ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधनश्रोत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताउनुभयो । उहाँले सरकार विकास तथा सिमान्तकृत, पिछडीएको वर्गको हीतलाई ध्यानमा राखि वैज्ञानिक भूमि सुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरुप अघि बढीरहेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री श्रेष्ठले राज्यको उद्देश्य नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानूनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोककल्याण्कारी राज्य स्थापना गर्ने रहेको पनि बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win