कोविढ १९ प्रभावः अमेरिकाद्वारा नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

काठमाडौं, वैशाख २९ । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न सुझाएको छ । अमेरिकाले बुधबार एक ट्राभल एड्भाइजरी जारी कोभिड–१९ संक्रमणको जोखिमलाई ख्याल गर्दै आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह गरेको जनाएको छ ।

 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै नेपालमा कोभिड–१९ को संक्रमण निकै जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गरेको हो । अमेरिकी स्टेट डिपार्टमेन्टका अनुसार अर्को सूचना जारी नभएसम्म अमेरिकीहरुलाई नेपाल भ्रमण नगर्न भनिएको छ ।

नेपालबाट व्यवसायिक उडान नरहेको भन्दै नेपाल छाड्न चाहने अमेरिकीहरुका लागि चार्टर उडानको अनुमति दिन नेपाल सरकारसँग आग्रह गरिएको जानकारी पनि सूचनामा उल्लेख छ ।

https://np.usembassy.gov/health-alert-u-s-embassy-kathmandu-nepal-may-12-2021/

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 48 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 70 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *