+
+
-- Sponsored Ad --

छात्रालाई दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीको तोडफोड

354 पटक हेरिएको
Clock २०७९ श्रावण ४, बुधबार १३:२४
-- Sponsored --

४ साउन, हेटौंडा । मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् ।

स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै  विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् ।

हेटौंडा क्याम्पस केन्द्रमा परीक्षा दिन गएका मकवानपुर बहुमुखी क्याम्पसका दुई जना छात्राले हिजो (मंगलबार) परीक्षा गार्डले चिट लुकाएको भन्दै खानतलासी गरेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

छात्राले आफूहरुमाथि दुर्व्यवहार भएको भनेपछि बुधबार विद्यार्थीले तोडफोड गरेका हुन् । घटनापछि क्याम्पसले विज्ञप्ति निकालेर घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्ने  प्रतिवद्धता जनाएको छ ।

यसैबीच तोडफोड भएपछि बुधबार हेटौंडा क्याम्पस केन्द्रमा हुने कक्षा ११ को ग्रेडवृद्धि  परीक्षा रोकिएको छ । बिहीबारदेखिका परीक्षा भने पूर्वनिर्धारित तालिका अनुसार नै हुने  हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवराज पराजुलीले जानकारी दिएका छन् ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win