+
+
-- Sponsored Ad --

मनाङ एयर हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, एक जना बेपत्ता

314 पटक हेरिएको
Clock २०८० असार २६, मंगलवार १२:५९
-- Sponsored --

२६ असार, काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । हेलिकप्टर दुर्घटनाका कारण खुलेको छैन ।

अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win