९ साउन, काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले काठमाडौं–मधेश फास्ट ट्रयाक आयोजनाको आर्थिक वर्ष ०७९–८० को कार्यतालिका माग गरेको छ ।
सोमबार बसेको समितिको बैठकले आयोजनाको लागत बढ्न नदिई निर्धारित समयमा गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको कार्यतालिका तत्काल बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रक्षा मन्त्रालय र फास्ट ट्रयाक आयोजनालाई निर्देशन दिएको हो । समितिले उक्त कार्ययोजना समितिमा बुझाउन पनि निर्देशन दिएको छ ।
हेर्नुहोस् समितिको निर्णय


