सर्दु खोलाको किनारमा रोए हर्क साम्पाङ

  • समाचार
  • २०७९ श्रावण १५, आईतवार १०:२६

१४ साउन, काठमाडौं । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भएका थिए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे । तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं भावुक बने र आँशु झारे ।

उनले सुन्दर ठाउँ धरानको मान्छेको मन पनि त्यत्तिकै सुन्दर हुनुपर्ने भन्दै धरानलाई हराभरा बनाउनुपर्ने बताए । ‘हामी वृक्षारोपण गर्दैछौं, धरानलाई सफा, सुन्दर र हराभरा सबैथोक भएको शहर बनाउनुपर्छ’ उनले भने ।

आफूले मेयरमा उम्मेदवारी घोषणा गर्दा ५ हजार विरुवा रोप्ने प्रतिवद्धता गरेको तर १ करोड वटासम्म रोप्न सकिने बताए । उनले सर्दु खोलामा हिउँदमा आउँदा पनि पानी आउने बनाउनका लागि वृक्षरोपण गर्नुपर्ने पनि बताए ।

मेयर साम्पाङले मिस धरानका प्रतिस्पर्धीलाई ‘आजदेखि उप्रान्त म के प्रेरणा दिन्छु भने भन्दै एउटा गीत सुनाउन थाले र सुनाउँदा सुनाउँदै उनी भावुक बने ।

‘म देश सोच्न सकुँ
म देश बोल्न सकुँ
म देशकै निम्ति….’ यति भन्दै उनी रुन थाले ।
देशकै कर्म गर्न सकुँ
देशकै निम्ति मर्न सकुँ’ उनले रुँदै रुदै सुनाए ।

‘सरी म भावुक बनेँ, म तपाईहरुलाई प्रेरणा दिन आएको आफैं भावुक बनेँ’ साम्पाङले भने, ‘खुशी लाग्छ मलाई आज देश विदेशबाट भेट्न आउनुभएको छ । म एउटा सानो मान्छे हुँ, तपाईहरुले मलाइ असाधारण ठान्दिनुभएको छ, दिस इज माइ ह्याप्पिनेस ।’

मेयर साम्पाङले आफू सामान्य मान्छेले धेरैको माया पाउँदा भावुक बनेको बताए ।

‘म एउटा सानो मान्छे, देश विदेशबाट यति धेरै माया गर्नुभएको छ । त्यो सम्झेर हो क्या’ उनले भने, ‘हर्षको (आँशु)…। विस्मात र दुखको केही पनि छैन, सबै हर्षको ।’

मेयर साम्पाङ शनिबार पनि सर्दु खोलामा तटबन्ध निर्माणमा युवासँगै खटिएका थिए ।

सम्बन्धित समाचारहरूः

  • २०८१ माघ २०, आईतवार २२:५३
  • 91 views
अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

२० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

विस्तृत.....

  • २०८१ माघ १३, आईतवार १४:५१
  • 33 views
विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

विस्तृत.....

Leave a Reply

Your email address will not be published. Required fields are marked *