+
+
-- Sponsored Ad --

एमालेले काठमाडौंमा महँगीविरुद्ध आज प्रदर्शन गर्दै

361 पटक हेरिएको
Clock २०७९ श्रावण १६, सोमबार ११:५२
-- Sponsored --

काठमाडौं । नेकपा एमालेले काठमाडौंमा महँगीविरुद्ध आज (साेमबार) प्रदर्शन गर्ने भएकाे छ ।

महँगीका कारण नागरिकको जीवन कष्टकर बनेको र सरकारले त्यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको भन्दै प्रदर्शन गर्न लागिएको एमालेले जनाएको छ । साेमबार दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा महँगीविरुद्ध प्रदर्शन र सभा आयोजना हुने भएकाे छ । सभाअघि विभिन्न स्थानबाट जुलुस निकाली वसन्तपुर पुग्ने भएकाे छ ।

साेही जुलुसमा काठमाडौं उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू र सम्पर्क मञ्चहरूलगायत सहभागी हुने एमालेले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win