+
+
-- Sponsored Ad --

एमाले नेताहरुले माधव नेपालसँग मागे सुवास नेम्वाङलाई भोट

526 पटक हेरिएको
Clock २०७९ फाल्गुन १८, बिहीबार १३:२२
-- Sponsored --

१८ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मत दिन एकीकृत समाजवादीलाई आग्रह गरेको छ ।

नेम्वाङसहित एमाले उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ बिहीबार एकीकृत समाजवादीको कार्यालय, आलोकनगर पुगेका थिए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुलाई भेटेर एमाले नेताहरुले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई मत दिन आग्रह गरेका छन् ।

यो निर्वाचन दुई पार्टीको एकता अभियानलाई अगाडि बढाउन अवसर बन्न सक्ने एमाले नेताहरुको तर्क थियो । सकारात्मक जवाफ पाएको भन्दै एमाले उपमहासचिव गुरुङले भने, ‘दुई पार्टीको एकता अभियानलाई अगाडि बढाउन जुन अवसर उपस्थित भएको छ, यसलाई अधिकतम रुपमा प्रयोग गर्नुपर्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने यो भेटले सौहार्दपूर्ण सम्बन्ध विकास गर्ने आधार बनेको बताएका छन् । तर कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक भएकाले तत्काल यसो गर्छौं भन्ने परिस्थिति नभएको एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win