+
+
-- Sponsored Ad --

रुसी सैनिकको आक्रमणमा ‘युक्रेनको हिरो’ को मृत्यु

360 पटक हेरिएको
Clock २०७९ श्रावण १६, सोमबार १२:०१
-- Sponsored --

काठमाडौं : रुसी सैनिकको मिसाइल आक्रमणमा युक्रेनका एक चर्चित तथा धनाड्य अन्न व्यापारीको मृत्यु भएको छ। 

माइकोलेभ सहरमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ‘युक्रेनको हिरो’ पदवी पाएका ७४ वर्षीय ओलेक्सी भदातुस्र्की र उनकी पत्नी राइसाको मृत्यु भएको हो। 

भदातुस्र्कीले खाद्य सामग्री निर्यात गर्ने कम्पनी निबुलान चलाउँदै आएका थिए। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भदातुस्र्कीको मृत्युले देशलाई ठूलो क्षति पुगेको बताएका छन्। 

जेलेन्सीकीले धनाड्य दम्पत्तिमाथि रुसले नियोजित आक्रमण गरेको आरोप लगाएका छन्। फेब्र्स म्यागेजिनका अनुसार सन् २०२० मा भदातुस्र्कीको सम्पती ४५० मिलियन डलर थियो। 

माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले यो सहरमा रुसले हालसम्मकै ठूलो बमबारी गरेको बताएका छन्। रुसको आक्रमणबाट माइकोलेभ सहरका होटल, खेलकुद परिसर, दुई विद्यालय, सेवा केन्द्र र घरहरुमा क्षति पुगेको छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win