रुसी सैनिकको आक्रमणमा ‘युक्रेनको हिरो’ को मृत्यु

काठमाडौं : रुसी सैनिकको मिसाइल आक्रमणमा युक्रेनका एक चर्चित तथा धनाड्य अन्न व्यापारीको मृत्यु भएको छ। 

माइकोलेभ सहरमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ‘युक्रेनको हिरो’ पदवी पाएका ७४ वर्षीय ओलेक्सी भदातुस्र्की र उनकी पत्नी राइसाको मृत्यु भएको हो। 

भदातुस्र्कीले खाद्य सामग्री निर्यात गर्ने कम्पनी निबुलान चलाउँदै आएका थिए। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भदातुस्र्कीको मृत्युले देशलाई ठूलो क्षति पुगेको बताएका छन्। 

जेलेन्सीकीले धनाड्य दम्पत्तिमाथि रुसले नियोजित आक्रमण गरेको आरोप लगाएका छन्। फेब्र्स म्यागेजिनका अनुसार सन् २०२० मा भदातुस्र्कीको सम्पती ४५० मिलियन डलर थियो। 

माइकोलेभ सहरका मेयर अलेकजेन्डर सेन्केभिचले यो सहरमा रुसले हालसम्मकै ठूलो बमबारी गरेको बताएका छन्। रुसको आक्रमणबाट माइकोलेभ सहरका होटल, खेलकुद परिसर, दुई विद्यालय, सेवा केन्द्र र घरहरुमा क्षति पुगेको छ। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १६, बुधबार १४:४९
    • 157 views
    अमेरिकी सरकारको आप्रवासन नितिको प्रभाब: १,३६५ जना नेपाली नेपाल फर्कदै ।।

    काठमाडौँ – डोनाल्ड ट्रम्प अमेरिकाका राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीहरूलाई स्वदेश फर्काउने प्रक्रिया जारी राखेको छ। यसैक्रममा, अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको…

    विस्तृत.....

    • २०८१ माघ १५, मंगलवार १२:१८
    • 45 views
    अनुदान रोक्ने ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

    १४ माघ, काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *