लायन्स क्लब अफ चितवन चौतारी द्वारारक्तदान कार्यक्रम सम्पन्न

  पुर्ण शर्मा । असार २० ,चितवन  
चितवनमा भईरहेको रगतको अभाबलाई केहि हद सम्म पुर्ति गर्ने उद्देश्यले लायन्स क्लब अफ चितवन चौतारीको मुख्य आयोजनामा आयोजनामा भरतपुर ४ हरिकृर्तन चोक लंकूमा आज शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ५ महिला र ६९ जना पुरुष गरी ७४ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का गर्भनर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि हुनुहुन्थ्यो । सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं ४ का वडा अध्यक्ष हरिप्रसाद आचार्य, डिष्ट्रिक सचिब प्रभाकर पण्डित, डिष्ट्रिक एक्जुकेटिभ चिफ सिद्धार्थलाल चुके,दिनानाथ न्यौपाने, नवराज सापकोटा, हरिप्रसाद घिमिरे लगायतका लायन्सकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डिष्ट्रिक गर्भनर रामप्रसाद भट्टले परिणमामुखि अझै मानबिय र सामाजिक कार्यमा सम्लग्न हुन उपस्थित लायन्सकर्मीहरुलाई आग्रह गनुभएको थियो ।
सोहि अवसरमा बाल बालिकाहरुमा हुने रक्त क्यान्सरको सचेतना सम्बन्धि कार्यक्रम समेत गरिएको थियो । डा निभा तिवारी र डा.बिबेक कंडेलले सो कार्यक्रममा सहजीकरण गनुभएको थियो । कार्यक्रममा चिकित्सकहरुले रक्त क्यान्सर बारेको भ्रम र यर्थातता एवं यसले पार्ने प्रभाब एवं उपचारात्मक अवस्थाको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिको आयोजना तथा लायन्स क्लब अफ आरोग्य,लायन्स क्लब अफ चितवन मालिका,लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट,लायन्स क्बल अफ लायन्स क्लब अफ चितवन स्पन्दन र लायन्स क्लब अफ भरतपुर स्याउली बजारको सह आयोजनामा सम्पन्न भएको हो । कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न थियो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ३, बिहीबार ११:५९
    • 191 views
    एचपीभी खोप लगाउन किन जरुरी छ?

    कावासोती । पाठेघरको मुखको क्यान्सरलाई एचपीभी भाइरस अर्थात् ह्युमन प्यापिलोमा भाइरसबाट हुने क्यान्सर भनिन्छ। यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ। यसकै कारण हरेक वर्ष तीन लाख महिलाको…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 66 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *