+
+
-- Sponsored Ad --

नयाँ अध्ययन भन्छ- खाना खाएलगत्तै २ मिनेट हिँडे पनि धेरै फाइदा पुग्छ सुगर बिरामीलाई

474 पटक हेरिएको
Clock २०७९ श्रावण २१, शनिबार ११:०२
-- Sponsored --

खाना खाए लगत्तैको २ मिनेट मात्र हिँड्दा मधुमेह (सुगर) का बिरामीका लागि धेरै फाइदा हुने एक अध्ययनले देखाएको छ।

खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्‍याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो। सामान्य मधुमेहका बिरामीहरूले बिहान वा बेलुकाको खानापछि न्यूनतम १५ मिनेट हिँड्दा उनीहरू मधुमेहको दोस्रो स्टेजमा प्रवेश हुनबाट जोगिने अध्ययनको निष्कर्ष छ।

अध्ययनमा सहभागी भएकाहरूको मुटुको धड्कन, इन्सुलिन र रगतमा चिनीको मात्रा जाँच गरिएको थियो। खानालगत्तैको हिँडाइले रगतमा चिनीको मात्रा पहिलाभन्दा कम देखिएको थियो।

‘खानालगत्तै गरिने हरेक शारीरिक क्रियाकलाप मधुमेह बिरामीहरूका निम्ति फाइदाजनकै हुन्छ।छोटो समय हिँड्दा पनि उहाँहरूलाई निकै फाइदा पुग्छ,’ डाक्टर केर्श पटेलले भने।

हिँड्न सम्भव नभए उभिँदा पनि लाभ हुने चिकित्सहरूको भनाइ छ। कम्तीमा पनि ३० मिनेट उभिन उनीहरूले सुझाएका छन्।

खानालगत्तै हिँड्दा शरीरका मांशपेशीहरूले ग्लुकोजलाई सोस्ने भएकाले रगतमा चिनीको मात्रा कम हुने अनुसन्धानकर्ता जेसी इन्चोस्पेले भनिन्,’खाना लगत्तै हिँड्दा बढी भएको ग्लुकोजलाई मांशपेसीले सोस्छ यसले अलिकति रगतमा चिनीको मात्रा कम गर्न सहयोग पुर्‍याउँछ।’

६० देखि ९० मिनेट हिँड्दा नतिजा अझै राम्रो हुने अध्ययनमा देखिएको छ। खाना लगत्तैको एक घन्टाको समयमा रगतमा चिनीको मात्रा अझ बढ्ने भएकाले त्यसलाई घटाउन हिँडाइ प्रभावकारी हुने उनीहरूको दाबी छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win