राष्ट्रिय सभा उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन हुँदै, आजै नामावाली प्रकाशन गरिने

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन आज हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले संघीयता विज्ञ खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् ।

देवकोटा उम्मेदवारी दर्ताका लागि आज बागमती प्रदेशको राजधानी हेटौंस्थित निर्वाचन अधिकृतको कार्यालय जानु हुनेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ ।

उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने आयोगको तयारी छ । नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा भएको निर्वाचनमा बागमती प्रदेश अन्य समूहतर्फबाट रामबहादुर थापा बादल यहाँबाट निर्वाचित हुनुभएको थियो ।

 

उहाँ नेकपा एमालेको केन्द्रीय सदस्य भएपछि माओवादीले कारवाही गरेको थियो । कारवाहीपछि रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । यहाँ गृहमन्त्री बादललाई नै नेकपा एमालेले उम्मेदवार बनाउने तयारी गरे पनि निर्णय गरिसकेको छैन ।

हिजो बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले मतको आँकलन गरेर उम्मेदवारी दिइने र पार्टीका उम्मेदवारलाई जिताउने निर्णय गरे पनि उम्मेदवारी कसले दिने भन्ने टुंगो लगाएको थिएन ।

केही समयअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उठाउने र जिताउने बताउनुभएको थियो । यो निर्वाचनका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 27 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *