+
+
-- Sponsored Ad --

जुम्लाबाट चुनाव लड्दै ज्ञानेन्द्र शाही

997 पटक हेरिएको
Clock २०७९ श्रावण २३, सोमबार १८:१३
-- Sponsored --

२३ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् ।

सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले जुम्लाबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काठमाडौं क्षेत्र नम्बर १ र २ का साथै चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न पार्टी नेताहरुले आग्रह गरेको भए पनि आफूले मातृभूमि रोजेको उनले बताए ।

जुम्लामा पार्टीको उपस्थिति कमजोर रहेको स्वीकारेका राप्रपा प्रवक्ता शाहीले भने, ‘जिताउने हराउने जे भए पनि मेरै दाजुभाइहरुले गर्नेछन्, यसमा मेरो पश्चाताप रहने छैन भनेर मैले जुम्ला रोजेको हुँ ।’

आफ्नो उम्मेदवारी कांग्रेस वा कम्युनिस्टविरुद्ध नभई समृद्धिमा जुम्लाको अर्थतन्त्रको उपस्थितिका लागि भएको बताए । ५ वर्षका लागि आफूले मत माग्ने भन्दै उनले भने, ‘राष्ट्रिय स्तरमा जुम्लाको उपस्थिति देखाउन सकिनँ भने अहिले जो मेरो प्रतिद्वन्द्वी हुनुहुन्छ, उहाँलाई नै भोट हाल्ने मेरो प्रतिवद्धता छ ।’

प्रदेश र प्रतिनिधि सभाको चुनाव ४ मंसिरमा हुँदैछ । राप्रपा नेताहरुका अनुसार देशभरबाट उम्मेदवारहरुको नाम सिफारिस गर्न भनिएको छ । जसमा पार्टीको जुम्ला जिल्ला कार्यसमितिले पनि शाहीको मात्र नाम सिफारिस गरेको थियो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win