+
+
-- Sponsored Ad --

सेयरको भित्री कारोबार कसुरमा व्यवसायी गुरू न्यौपानेविरुद्ध मुद्दा दर्ता

291 पटक हेरिएको
Clock २०७९ चैत्र ९, बिहीबार १९:१६
-- Sponsored --

९ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऊर्जा व्यवसायी गुरूप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको भन्दै बोर्डले न्यौपानेविरूद्ध मुद्दा दर्ता गरेको हो ।

८ चैतमा सकारी वकिलकको कार्यलयले काठमाडौं जिल्ला अदालतमा न्यौपानेविरुद्ध ३ करोड २३ लाख रुपैयाँ बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।

रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा उनले सोही कम्पनीको सेयर कारोबार गरेको र त्यसबाट ३ करोड २३ लाख रुपैयाँ अनाधिकृत लाभ आर्जन गरेको देखिएको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २४ मंसिरमा दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो ।

साथै दुवै जनालाई भित्री कारोबार गरेको आशंकामा धितोपत्र सम्बन्धी ऐन अनुसार तहकीकात अधिकृत नियुक्त गरी छानबिन अगाडि बढाएको थियो । छानबिन समितिको प्रतिवेदनका आधारमा न्यौपानेलाई मुद्दा अगाडि बढाउन सकिने देखिएपछि उनीमाथि मुद्दा दायर गरिएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।

कम्पनीको अध्यक्षमा बहाल रहँदा १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म कम्पनीको सेयर खरिद बिक्री गरेको विषयमा उनीमाथि छानबिन गर्दा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएको बोर्डको ठम्याइ छ ।

उक्त छानबिनको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (१) बमोजिमको सजायको माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको बोर्डले जनाएको छ ।

उनीसँगै छानबिन अगाडि बढाइएको नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानको पनि तहकिकात सकिएको बोर्ड स्रोतले जनाएको छ । प्रधानको तहकिकात अधिकृतको प्रतिवेदन बोर्डले अध्यननका लागि सकारी वकिलको कार्यलयमा पठाएको हो ।

सेयरको भित्री कारोबार गर्नेलाई के हुन्छ सजाय ?

कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने धितोपत्र सम्बन्धी ऐनमा उल्लेख छ ।

सेयरको भित्री कारोबार गरेको ठहरेमा त्यस्तो व्यक्तिलाई बिगो बमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win