+
+
-- Sponsored Ad --

मध्यबिन्दु अस्पतालमा ५ महिनादेखि अपरेशन सेवा बन्द

327 पटक हेरिएको
Clock २०७९ श्रावण २३, सोमबार १८:१४
-- Sponsored --

नवलपुर । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको छ ।

जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेशन सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । गत चैत महिनादेखि जिल्ला अस्पतालमा अपरेशन सेवा बन्द भएको हो । जिल्ला अस्पतालमा ‘एनेस्थेसियन’ नहुँदा अपरेशन सेवा बन्द भएको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

चैत महिना अघिसम्म करारमा एक जना एनेस्थेसियन चिकित्सक रहेकोमा उनले काम छाडेपछि नयाँ जनशक्ति नआउँदा अपरेशन सेवा नै बन्द भएको हो । अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल र सीएस लगायतका अपरेशन सेवा हुँदै आएकोमा अहिले सबै सेवा बन्द भएको छ ।

सामान्य घाउहरुको चिरफार बाहेकको अपरेशन सेवा बन्द भएको बताउँदै अहिले अस्पतालमा सर्जन चिकित्सक समेत नरहेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win