+
+
-- Sponsored Ad --

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

308 पटक हेरिएको
Clock २०७९ श्रावण २५, बुधबार ०९:४९
-- Sponsored --

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बुधबार बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक दिउँसो एक बजेका लागि बोलाइएको हो ।

संघीय संसद सचिवालयकाअनुसार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित आएको तथ्यांक विधेयक दफाबार छलफलका लागि पेश गर्ने र उक्त विधेयकमा गरिएको संशोधनलाई निर्णयार्थ सदनमा प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

यस्तै बैठकमा प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभाको सन्देशसहितको ‘शपथसम्बन्धी विधेयक, २०७९ माथिको दफाबार छलफफल सदनमा पेश गर्ने कार्यसूचि पनि रहेको छ ।

यस्तै खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक समेत प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभामा सभाका अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूची छ ।

यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभा समक्ष पेश गर्नुहुने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलले “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस”, भन्ने प्रस्ताव प्रस्ततु गर्ने हुने कार्यसूची छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win