+
+
-- Sponsored Ad --

यूईईमा भीषण बाढी

408 पटक हेरिएको
Clock २०७९ श्रावण २५, बुधबार ०९:५७
-- Sponsored --

काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)मा भीषण वर्षापछि आएको बाढीले जनजीवन नराम्ररी प्रभावित पारेको छ। बाढीका कारण मानिसहरु विभिन्न ठाउँहरुमा थुनिएका छन्।​

शारजाह र फुजेराह शहरहरुमा उद्दारका लागि उद्दारकर्मीहरु खटिएका छन्। समस्यामा परेकाहरुलाई उद्दार गर्न समेत कठिनाइ भएको छ।

सबैभन्दा बढी फुजाइराह शहर प्रभावित भएको छ। आबुधाबी र दुबईमा भने पानी नै कम परेको छ। बाढी आउनसक्ने ठाउँहरुमा सरकारले सतर्कता अपनाउन आग्रह गरेको र सकेसम्म सुरक्षित स्थानमा बस्न भनिएको छ।

बाढीले घरबारबिहीन भएकाहरुलाई विभिन्न होटलहरुमा लगेर राखिएको छ। निरन्तर वर्षा भइरहेकोले अझै केही समय बाढीको बहाव बढ्न सक्ने भन्दै अधिकारीहरुले थप उद्दारको व्यवस्था गरेको जानकारी दिएका छन।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win