+
+
-- Sponsored Ad --

नेपाल र यूएईबीचको खेलकाे टिकट रकमबाट क्यानले खेलाडी कल्याणकारी कोष बनाउने

312 पटक हेरिएको
Clock २०७९ चैत्र १, बुधबार १९:०१
-- Sponsored --

१ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको खेलमा टिकटबाट उठेको सबै रकम  जम्मा गरेर क्रिकेट खेलाडी कल्याणकारी कोष बनाउने भएको छ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार खेल्दै छ ।

यो खेलबाट उठेको टिकटको सबै रकम  खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने क्यानले बताएको हो ।

क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर अहिलेसम्म क्यानले कुनै कोष बनाएको थिएन ।

‘क्रिकेट खेलाडी कल्याणकारी कोष भनेर कुनै कोष यसअघि अस्तित्वमा छैन,’ क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले भने, ‘तर हामीले अब कोषको आवश्यकता पनि महसुस गरेर यूएईसँगको खेलको टिकटबाट उठेको रकम जम्मा गरेर कोष बनाउन लागेका हौं ।’

यूएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको श्रोत पहिचान गरेर कोषको आकार बढाउने उनले बताए । कोषको मुख्य उद्देश्य आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्नु रहेको उनले बताए ।

नेपाल र यूएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० र गेटमा किन्दा १५० मा बेच्ने गरेको क्यानले जनाएको छ ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win