+
+
-- Sponsored Ad --

देशभरका नासु आज पनि आन्दोलनमा

415 पटक हेरिएको
Clock २०७९ श्रावण २९, आईतवार १३:४५
-- Sponsored --

काठमाडौं : कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्।

 सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। नासु लगायत राजपत्र अनङ्कित कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने माग रहेको निजामति कर्मचारी युनियनका उपमहासचिव इन्दु शर्माले जानकारी दिए। 

उनले भने,‘योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्।’  उनीहरूले संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने पनि बताएका छन्। साथै साउन ३० भित्र आफूहरूले उठाएका माग पूरा गरिनुपर्ने उनीहरूको माग छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win