+
+
-- Sponsored Ad --

निर्वाचन आयोगमा विवेकशील साझा पार्टी, गर्‍यो दल दर्ता

401 पटक हेरिएको
Clock २०७९ श्रावण ३१, मंगलवार १५:४१
Nirwachan Aayog
-- Sponsored --

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा भाग लिनका लागि विवेकशील साझा पार्टीले दल दर्ता गरेको छ।

मंगलवार दिउँसो निर्वाचन आयोगमा पुगेर पार्टीले दल दर्ता गरेको हो। पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, संयोजक सञ्जीवबल्लभ भट्टराई, संस्थापक नेता प्रकाशचन्द्र परियार, कार्यालय व्यवस्थापन उपप्रमुख नवराज थापासहितका नेताहरु आगामी निर्वाचन प्रयोजनार्थ दल दर्ता गर्न पुगेका थिए।

आइतवार पार्टीले अध्यक्ष पदबाट रविन्द्र मिश्रले दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षमा बाँस्कोटा र संयोजकमा भट्टराईलाई चयन गरेको थियो। निर्वाचन आयोगले आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो। यस समयभित्र कतिपय दल दर्ता भइसकेका छन् भने बाँकी दल आजसम्म दर्ता हुनेछन्। आज नै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दल दर्ता हुने कार्यक्रम छ। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win