एन सन्चार कावासोती, ०८० बैशाख ८ : दलित उत्थान केन्द्र अर्जुनचौपारि गाउँपालिका स्याङ्गजाद्धारा नयाँ बर्ष २०८० को शुभकामना आदानप्रदान ,चियापान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

सस्थका अध्यक्ष दिपक सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनचौपारी गाउपालिका प्रमुख प्रकाश तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै विशेष अतिथिहरुमा गाउपालिका प्रमुख प्रसासकिय अधिकृत उज्जवल बहादुर वस्तेत, स्याङजा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल, अर्जुनचौपारी १ का वडाध्यक्ष रणवहादुर थापा लगायत रहेका थिए ।

अतिथिहरूमा वडा नं २ का कार्यबाहक अध्यक्ष रामचन्द्र रोका, कार्यपालिका सदस्य मिना सुनार, कार्यपालिका सदस्य ,रामु जि.टि., दलित महिला सदस्य सुसिला वि.क.,वडा नं ६ कि दलित महिला सदस्य शर्मिला नेपाली स्याङ्जा सहयोग समाज कतारका आजिवन सल्लाहकार हरि अर्याल, वडा नं ३ का नेपाली काङ्ग्रेस पाटि सभापति हरि काफ्ले ,वडा नं ४ का वडा सदस्य नेत्र बहादुर गुरुङ ,नेपाली काङ्ग्रेस गाउँपालिका सचिव केशव चापागाईं, सुकमाया सुनार, पम्फा वि.क. तथा युवा व्यावसायि बेलप्रसाद पौडेल लगायत स्थानिय वुद्धिजिवी समाजसेवी पत्रकार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि तिवारीले दलित उत्थान केन्द्रले धेरै राम्रो काम गर्दै आएको र उक्त कामको उच्च मुल्यांकन गर्दै यसलाई गाउँपालिकाले गर्नुपर्ने सहयोगमा कुनै कमि हुन नदिने पनि बताए । त्यस्तै विशेष अतिथि बस्नेतले दलित उत्थान केन्द्रले गरेको कामको तारिफ गर्दै आफुले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्ने बताउए । स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारि इकाई द्वारा दलित उत्थान केन्द्रलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले दलित उत्थान केन्द्र स्थापनाको छोटो समयमै धेरै राम्रो काम गर्दै आएको र आगामि दिनहरुमा पनि यस संस्थालाई देश तथा बिदेश बाट गर्नुपर्ने सबै सहयोगका लागि अपिल गर्ने बाचा गर्दै स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारि इकाई मार्फत नगद रु १ लाख १ हजार सहयोग रकम हस्तान्तरण गरेका छन ।
कार्यक्रममा उपस्थित अन्य अतिथीहरुले समेत सस्थाको उन्नति प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए । अर्जुन सुनारको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सस्थाका सचिव कुमार सुनुवारले गरेको थिए ।

