0 प्रतिक्रिया
नेपालमा हुने महिला साफको नयाँ तालिका आउँदै
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल संघलाई निलम्बन गरेपछि दक्षिण एसियाली फुटबल प्रभावित भएको छ ।
भारत निलम्बनमा परेसँगै नेपालमा भदौं २१ देखि हुने तय भएको महिला साफ च्याम्पियनसिपको नयाँ तालिका बनाउनुपर्ने भएको हो ।
बुधबार बसेको दक्षिण एसियाली फुटबल महासंघ साफको बैठकले नयाँ तालिका सार्वजनिक गर्न अर्को सातासम्म कुर्ने निर्णय गरेको छ ।
साफको कार्यकारिणी समितिको बैठकले नेपालमा हुने साफ महिला च्याम्पियनसिप तथा श्रीलंकामा हुने तय भएको साफ अण्डर सेभेन्टिन च्याम्पियनसिपको नयाँ तालिका अगष्ट २४ तारिखमा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
भारतको निलम्बन नहटेको अवस्थामा प्रतियोगितामा सहभागि टोलीको संख्या घट्नेछ । यसले प्रतियोगिताको ढाँचामा समेत परिवर्तन गर्नुपर्ने बताईएको छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




