कावासाेती ४ काे नमुना कामः नगरमै पहिलाे नागरिक सेवा केन्द्र सन्चालन

नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ४ मा नागरिक सेवा केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

वडामा सेवा लिन आउने सेवाग्राहीको सुविधालाइ मध्यनजर गर्दै वडा कार्यालयमा नागरिक सेवा केन्द्र स्थापना गरिएको कावासोती ४ का वडा अध्यक्ष नारायण लोहनीले बताउनुभयो ।

नागरिक सहायता कक्ष उदघाटनको क्रममा आफ्ना भनाइ राख्दै कावासोती नगर प्रमुख विष्णुप्रसाद भुषालले नागरिकलाई सहज रुपमा , छिटो ,छरितो रुपमा सेवा प्रदान गर्न तथा नागरिक मैत्री सेवा प्रवाहका लागि नागरिक सहायता कक्षले सहयोग पुर्याउने वताउदै यस्ता सेवा केन्द्र सवै वडाले सन्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सहज र सुलभ तवरले सेवा प्रदान गर्ने विषय महत्वपूर्ण रहेकाले नगर परिसरमा समेत नागरिक मैत्री सेवा प्रवाहका लागि नागरिक सेवा केन्द्र सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख भुसालले जानकारी दिनुभयोे ।

कार्यक्रममा बोल्दै भुसालले हिजोको विकट मानिने हसौरा क्षेत्र क्रमश विकासको बाटोमा रहेको बताउँदै यहाँका विकासमा नगरले चासोका साथ काम गर्ने समेत बताउनुभयो ।

उहाँले केरुङ्गे खोलाका कारण जोखिममा रहेका बस्तीहरूको संरक्षणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारि केरुङ्गे खोललाई तीन वर्ष भित्रमा नियन्त्रण गर्ने लक्ष्य रहेको बताउनुभयो । करिब २९ किलोमिटर क्षेत्रमा तटबन्धन गरि नदि उकास क्षेत्रमा पार्कहरु निर्माणका योजना समेत रहेको बताउनुभयो ।

प्रमुख भुसालले केरुङगे छोएका सबै तटीय क्षेत्रमा नदि उकासका क्षेत्रलाई आयआर्जनको श्रोतको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । यसका लागि चालु आर्थिक वर्षबाट कुनै स्थानबाट केरुङ्गे व्यवस्थापनको काम सुरु हुने समेत बताउनुभयो । हसौरामा रहेको भूमिका समस्या समाधानका लागि पहल भइरहेको समेत नगरप्रमुख भुषालको भनाइ छ ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा कावासाेती नगर उपप्रमुख फुलकुमारी थनेतले नागरिक सेवा केन्द्रको स्थापनाले नागरिकमा जनप्रतिनिधि जनताका सेवाका लागि लागेका छन् भन्ने सन्देश गएको बताउदैे । सहज रुपमा सेवा प्रदानका लागि गरिएको प्रयासलाइ सवैले अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो ।

नागरिक सेवा केन्द्रमा वडाका सदस्यहरुले आवश्यक सहयोग गर्ने, निवेदन लेख्न या अन्य जुनसुकै सेवा सुविधाका लागी सहायता कक्षमा वसेर सबै कार्यमा सहयोग गरिदिने वडाध्यक्ष नारायण प्रसाद लोहनीले बताउनुभयो । वडाले कार्यालयमा आएका सेवाग्राहीलाई टेलिभिजनबाट वडाका हरेक गतिविधि लगायत चेतनामूलक सन्देश प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।

तातो चिसो पानीको सहज व्यवस्था, स्तनपान कक्षको निर्माण सहित वडामा आउने सेवाग्राहीलाई कसरी हुन्छ सहज र सुविधाजनक रुपमा सेवा दिने वातावरण तयारका लागी आफु हरदम तत्पर रहेको वडाअध्यक्ष लोहनीको भनाइ छ ।

नागरिक सेवा केन्द्र उद्घाटन कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ, वडा नम्बर ५ का अध्यक्ष निरज पुन, ६ का अध्यक्ष यम बहादुर थापा, वडा नम्वर ४ का वडा सदस्यहरु, स्थानिय, वुद्धिजिवी, समाजसेवी, पत्रकार, लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
वडा सदस्य डिल्लिराम थनेतको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण कावासोती ४ का सचिव इन्द्र प्रसाद काफ्लेले गर्नुभएको थियो ,

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 6 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०३
    • 6 views
    नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

    नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *