
१० भदौ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले अराजक गतिविधिलाई बढावा दिइरहेको आरोप लगाएका छन् ।
बालेनले अनधिकृत रुपमा बनाइका भौतिक संरचनाहरु डोजर लगाएर भत्काउने र तोकिएको प्रयोजन विपरीत प्रयोग भइरहेका अण्डरग्राउण्ड खाली गराइरहँदा विश्वकर्माको यस्तो प्रतिक्रिया आएको हो ।
गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरुले अराजक गतिविधि गर्न नहुने बताए ।
नेता विश्वकर्माले गल्ती गर्नेहरुलाई मेयरले बयान लिने, जरिवाना गर्ने प्रावधान भए पनि आतंकित बनाउने काम गरेको आरोप लगाउँदै यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्याउने बताए ।