+
+
-- Sponsored Ad --

कैलाली-५ मा कांग्रेसबाट आरजु राणा उम्मेदवार बन्दै

368 पटक हेरिएको
Clock २०७९ भाद्र १६, बिहीबार १२:३६
-- Sponsored --

कैलाली । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्य क्षतर्फ आरजुलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे । बुधबार नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ को प्रदेश समितिको बैठकले उहाँलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।

२०७४ सालमा सम्पन्न भएकाे निर्वाचनमा आरजु तत्कालीन वाम गठबन्धनका उम्मेदवार नारदमुनी रानासँग ४ हजार ८ सय ८० मत अन्तरले पराजित हुनुभएकाे थियाे । विजयी रानाले २७ हजार २ सय २ मत प्राप्त गर्दा आरजुले २२ हजार ३ सय २२ मत मात्र प्राप्त गर्नुभएकाे थियाे ।

त्यसैगरी प्रतिनिधि सभा समानुपातिक तर्फको उम्मेदवारमा जीवन राना सर्वसम्मत रूपमा सिफारिस भएका छन्। यस्तै प्रदेश सभा निर्वाचनको लागि प्रदेशको प्रत्यक्ष र समानुुपातिकतर्फ भने २६ जनाले दाबी गरेका छन्।

नेपाली कांग्रेस कैलाली धनगढी पार्टी कार्यालयमा बसेको बैठकले कैलाली ५ को ‘क’ प्रदेश सभाको लागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ। जसमा गणेशबहादुर देउवा, सन्तराम चौधरी, रामसमझ राना, प्रभातकुमार चौधरी, प्रेमराज जोशी, नारायणप्रसाद बराल, लक्ष्मीनारायण चौधरी र सिताराम राना रहेका छन् ।

त्यस्तै समानुपातिकतर्फ १८ जनाको नाम कांग्रेसले सिफारिस गरिएको छ । जसमा उद्धवबहादुुर विष्ट, सिताराम राना, गणेशबहादुुर देउवा, सन्तराम चौधरी, आशाराम राना, रामसमझ राना, प्रभातकुुमार चौधरी, जमुुना दाहाल भण्डारी, अम्वादत्त भट्ट, नारायणदत्त भट्ट, प्रमिला लम्साल, गणेशप्रसाद जोशी, गरिवदास डगौंरा थारु, लम्मीप्रसाद देवकोटा, लक्ष्मीनारायण चौधरी, कमलबहादुर पुनमगर, सरोज चौधरी र लक्ष्मी भण्डारीको नाम सिफारिस गरेको सचिव निरज विष्टले जनकारी दिनुभएकाे छ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win