२३ साउन, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराइ मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको बताएका छन् ।
आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै ओलीले रौतहटमा भएको कार्यक्रममा भने, ‘गौरकोे डुबानको समस्या मैले देखेको छु, यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ ।’
‘कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ,’ ओलीले भने, ‘त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ ।’

