आज पनि समितिमा बयान दिंदै निलम्बित प्रधानन्यायाधीश राणा

  • समाचार
  • २०७९ भाद्र २८, मंगलवार ११:२५

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (मंगलबार) पनि महाअभियोग सिफारिस समिति समक्ष बयान दिनुहुने भएकाे छ ।

महाअभियोग सिफारिस समितिकाे मंगलबार बिहान ११ बजे बस्ने बैठकमा राणाले बयान दिनुहुने भएकाे हाे । समितिले तयार पारेका ४३ वटा प्रश्न मध्ये राणाले अझै ८ वटा प्रश्नको जवाफ दिन बाँकी रहेकाे छ । समितिले यसअघि लिएका बयानका क्रममा राणाले न्यायालयभित्रको विकृति र विसंगतिलाई छताछुल्ला पार्नुभएको छ ।

राजनीतिक नेतृत्व, न्यायाधीशहरू, बार एशाेसियसन र मिडियाबीच रहेको नेटवर्किङका विषयमा उहाँले आक्रोश पोख्नुभएको थियो । राणाले आफूविरूद्ध महाअभियोग लगाउनुपर्ने कारण नै नभएको जिकीर पनि गर्दै आउनुभएको छ ।

मंगलबारको बयानपछि सवाल र जवाफ सकिने र त्यसपछि बाँकी काम अघि बढ्ने सिफारिस समितिले जनाएकाे छ । राणाविरूद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 28 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 21 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *