+
+
-- Sponsored Ad --

आज पनि समितिमा बयान दिंदै निलम्बित प्रधानन्यायाधीश राणा

261 पटक हेरिएको
Clock २०७९ भाद्र २८, मंगलवार ११:२५
-- Sponsored --

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज (मंगलबार) पनि महाअभियोग सिफारिस समिति समक्ष बयान दिनुहुने भएकाे छ ।

महाअभियोग सिफारिस समितिकाे मंगलबार बिहान ११ बजे बस्ने बैठकमा राणाले बयान दिनुहुने भएकाे हाे । समितिले तयार पारेका ४३ वटा प्रश्न मध्ये राणाले अझै ८ वटा प्रश्नको जवाफ दिन बाँकी रहेकाे छ । समितिले यसअघि लिएका बयानका क्रममा राणाले न्यायालयभित्रको विकृति र विसंगतिलाई छताछुल्ला पार्नुभएको छ ।

राजनीतिक नेतृत्व, न्यायाधीशहरू, बार एशाेसियसन र मिडियाबीच रहेको नेटवर्किङका विषयमा उहाँले आक्रोश पोख्नुभएको थियो । राणाले आफूविरूद्ध महाअभियोग लगाउनुपर्ने कारण नै नभएको जिकीर पनि गर्दै आउनुभएको छ ।

मंगलबारको बयानपछि सवाल र जवाफ सकिने र त्यसपछि बाँकी काम अघि बढ्ने सिफारिस समितिले जनाएकाे छ । राणाविरूद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win