+
+
-- Sponsored Ad --

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना व्यक्तिहरु कोरोना संक्रमणबाट मुक्त

1,281 पटक हेरिएको
Clock २०७८ बैशाख २५, शनिबार २१:२४
-- Sponsored --

काठमाडौं : गत २४ घण्टामा देशभर ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ५३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षणबाट ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षणबाट १३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ । हालसम्म कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको छ भने जम्मा मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

 

यस्तै संक्रमण मुक्त हुनेहरुको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना व्यक्तिहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा र ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररत मध्ये ७५८ जना आईसीयू र २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

आज काठमाडौं उपत्यकाका काठमाडौंमा २ हजार २७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ गरी जम्मा ३ हजार ११३ जना संक्रमितहरु थपिएका छन् । साथै रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९, सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७/१०७ जना संक्रमितहरु थप पुष्टि भएका छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win