नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना व्यक्तिहरु कोरोना संक्रमणबाट मुक्त

काठमाडौं : गत २४ घण्टामा देशभर ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ५३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षणबाट ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षणबाट १३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८३ हजार ४९३ रहेको छ । हालसम्म कुल संक्रमितको संख्या ३ लाख ८५ हजार ८९० जना पुगेको छ भने जम्मा मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ ।

 

यस्तै संक्रमण मुक्त हुनेहरुको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३७० जना व्यक्तिहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा र ५ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररत मध्ये ७५८ जना आईसीयू र २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

आज काठमाडौं उपत्यकाका काठमाडौंमा २ हजार २७०, ललितपुरमा ४६२ र भक्तपुरमा ३८१ गरी जम्मा ३ हजार ११३ जना संक्रमितहरु थपिएका छन् । साथै रुपन्देहीमा ८६१, सुर्खेतमा ५९७, बाँकेमा ५५५, कास्कीमा २८५, झापामा २७६, मोरङमा २५४, दाङमा १८९, सुनसरीमा १५७, मकवानपुरमा १३४, चितवनमा १२५, धनुषामा ११६, बर्दियामा ११३, बैतडीमा १११ तथा पर्सा र सिन्धुलीमा १०७/१०७ जना संक्रमितहरु थप पुष्टि भएका छन् ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 25 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०४
    • 8 views
    कृषि, व्यापार र धार्मिक पर्यटन प्रवर्द्धनका लागि माघ ११ गतेबाट तेस्रो मध्यबिन्दु महोत्सव

    दीपक भट्टराई, कावासोती ।  तेस्रो मध्यविन्दु महोत्सव माघ ११ गतेदेखि माघ २१ गते सम्म सन्चालन हुने भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो मध्यविन्दु महोत्सव हुने भएको हो ।…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *