+
+
-- Sponsored Ad --

जनताले ‘देशको साँचो’ माओवादीलाई नै सुम्पिन चाहेका छन् : प्रचण्ड

276 पटक हेरिएको
Clock २०७९ भाद्र ३०, बिहीबार १२:०३
-- Sponsored --

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा जनताले देशको साँचो आफूहरूलाई नै सुम्पिन चाहेको दाबी गरेका छन्।

बिहीवार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवस कार्यक्रममा प्रचण्डले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे।

‘स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको छ’, उनले भने, ‘जनता हाम्रो साथमा छन् । तर माओवादीका नेता, कार्यकर्ता जनतामाझ जान र जनमुखी काम गर्न मिहेनत गर्न छाडेको बताए।

उनले पार्टीमा राम्रो व्यवस्थापन गर्न सके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी दाबी गरे। स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकताबद्ध ढंगले पार्टी अघि बढ्ने प्रतिबद्धता जनाए । 

अध्यक्ष दाहालले माओवादी केन्द्रलाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले पार्टी कमजोर भए संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गरे। 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win