साउन ६, नवलपुर : गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजित गरेको रकमको ६६.०७ प्रतिशत रकम मात्र खर्च गरेको छ । जबकि प्रदेश सरकारले कुल बजेटको ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वर्ष २०७९र८० मा विनियोजन गरेको ३५ अर्ब ९० करोड ९० लाख बजेटमध्ये २३ अर्ब ७२ करोड ५४ लाख ९९ हजार ७३ रुपैयाँ बजेट मात्र सरकारले खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रण कार्यालयका अधिकृत चन्द्र शेखर सापकोटाले बताए ।

सरकारले पुँजीगततर्फ १५ अर्ब २६ करोड ८५ लाख ९१ हजार १ सय ७७ रुपैयाँ र चालूतर्फ ८ अर्ब ४५ करोड ६९ लाख ८ हजार ५ सय ५५ रुपैयाँ बजेट खर्च गरेको हो । जबकि सरकारले पुँजीगततर्फ २२ अर्ब ८५ करोड १८ लाख ५० हजार ७ सय ८९ बजेट विनियोजन गरेको थियो ।

यस्तै, चालूतर्फ १२ अर्ब ५५ करोड ७१ लाख ४९ हजार २ सय २ रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

लक्ष्य अनुसारको बजेट खर्च नहुनुमा प्रदेश गौरवका आयोजना समयमा पूरा हुन नसकेको पनि एक हो । यस्तै, गत आर्थिक वर्षमा बजेट खर्च कम हुनु तीनै तहको निर्वाचन पनि भएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

संघीयता लागु भएसँगै पाँच वर्षको आँकडा हेर्दा यो ६ वर्षमा एक पटक ७३ प्रतिशत बजेट खर्च भएको देखिएको छ । आर्थिक वर्ष ०७७र७८ को बजेटले ८० प्रतिशत लक्ष्य राखेकोमा ७३ प्रतिशत पूरा गरेको थियो । आर्थिक वर्ष ०७५र७६ मा ५८।१०, ०७६र७८ मा ६३। ७१, ०७८र७९ मा ७०।७२ र ७९र८० मा ६६।०७ प्रतिशत बजेट खर्च भएको छ ।