
९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलका व्यक्तिप्रतिको वितृष्णा राष्ट्रिय स्वतन्त्र पार्टीमा पोखिएको बताएका छन् ।
निर्वाचित भएपछि विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले जनताले दलसँग भन्दा पनि दलका व्यक्तिप्रतिको वितृष्णा रास्वपालाई मत दिएर पोखेको बताए । अहिलेका दलले सुशासन दिन नसक्दा नयाँ दलले मत पाएको उनको भनाइ छ ।
अब बन्ने सरकारले सुशासन दिन नसक्ने हो भने यो वितृष्णा झन् बढ्ने भन्दै कोइरालाले सुशासनको मुद्दामा सबै दल मिलेर जानुपर्ने बताए । अब बन्ने सरकारले सुशासन कायम गर्न नसके आफूले संसदबाट प्रश्न उठाउने उनको भनाइ छ ।
मोरङ क्षेत्र नम्बर ६ बाट नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितलाई पराजित गर्दै कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।