+
+
-- Sponsored Ad --

काभ्रे बस दुर्घटना : मृतक १४ जनाको पहिचान खुल्यो

352 पटक हेरिएको
Clock २०७९ मंसिर २८, बुधबार ०९:४१
-- Sponsored --

काठमाडौं : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको–४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनामध्ये १४ जनाको सनाखत भएको छ। 

बस चालक ललितपुरको महांकाल घर भइ पनौती ४ बस्ने २२ वर्षीय सन्तोष तिमिल्सिना, बनेपा नगरपालिका १४ का ३९ वर्षीय राजकुमार तामाङ, बनेपा ११ की ७९ वर्षीया निर्मला तामाङ, बनेपाकै ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया  हेमा तामाङ, १० वर्षीय पुष्कर तामाङ, २५ वर्षीया  कोपिला तामाङ, ६ वर्षीया समीक्षा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

यस्तै, काभ्रेको मण्डन देउपुर नगपालिका–१ बस्ने ३७ वर्षीया  जेली तामाङ, धुलिखेल नगरपालिका ११ बस्ने ३० वर्षीय बुद्ध तामाङ, बेथानचोक गाउँपालिका ५ की ३२ वर्षीया मञ्जु तामाङ, बनेपा १४ बस्ने २८ वर्षीया  गीता श्रेष्ठ र तेमाल गाउँपालिका ८ बस्ने २७ वर्षीया टिकालक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार २१ जन घाइतेको उपचार भइरहेको छ भने एकजना डिस्चार्ज भएका छन्। मंगलबार बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोकको– ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस साँझ ६ बजेतिर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार घाइतेहरूको उपचार बनेपाको शीर मेमोरियल र धुलिखेल अस्पतालमा भइरहेको छ। 

 

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win