0 प्रतिक्रिया
साझाको विद्युतीय बस चढेर पाटनढोका पुगिन् राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारी ललिलपुरस्थित मदन पुस्तकालयलगायत स्थानकाे अवलाेकनका लागि शनिबार साझा यातायातको विद्युतीय बस चढेर प्रस्थान गर्नुहुँदै । तस्बिरः नवीन पाैडेल÷रासस
२३ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा ललितपुरको पाटनढोका पुगेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार दिउँसो शीतल निवासदेखि विद्युतीय बसमा पाटनढोकासम्म यात्रा गरेकी हुन् ।
हाकुपटासी लगाएर पाटन पुगेकी राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छाले स्वागत गरे । उनले पाटनढोकामा रहेको मदन पुरस्कार पुस्तकालयको समेत अवलोकन गरेकी छन् ।




-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --




