ईमेज च्यानल आजबाट २६ औं वर्षमा प्रवेश

काठमाडौं । नेपालको पहिलो नीजि टेलिभजिन ईमेज च्यानल आज आइतबारबाट २६ औं वर्षमा प्रवेश गरेको छ ।

२०५३ साल माघ १ गते नेपाल टेलिभिजनको पर्दाबाट आफ्नो प्रशारण सुरु गरेको ईमेज च्यानलले २०५९ साल माघ १७ गतेदेखि काठमाडौं उपत्यकाका दर्शकलाई लक्षित गरी टेरेष्ट्रियल माध्यमबाट ईमेज मेट्रो च्यानल सुरु गरेको थियो । दर्शकहरुको अपार साथ र समर्थनको कदर गर्दै लोकतन्त्रको बिहानीसँगै २०६३ साल माघ ११ गतेदेखि ईमेज च्यानलले स्याटेलाइटमार्फत आफ्नो प्रसारणलाई विश्वभर जोड्यो ।

विश्वसनीय समाचार, सन्तुलित बिचार र स्वस्थ मनोरञ्जनको मुल नारासहित अहिले ईमेज च्यानल एच.डी प्रविधिमार्फत विश्वभर प्रसारण भईरहेको छ ।

दर्शक स्रोताहरुको सद्भावकै कारण ईमेज च्यानलले २०५५ पुस २३ गतेदेखि के.ए.टी.एच.को नामबाट एफ.एम प्रसारण सुरु गर्‍यो । अहिले ईमेज एफ.एम ९७.९ को रुपमा यो एफ.एम २४ सै घण्टा समाचार, बिचार र मनोरञ्जन लिएर प्रसारण भईरहेको छ ।

ईमेज परिवारको अर्को सदस्यको रुपमा २०६५ भदौ २९ गतेदेखि प्रसारणमा आएको ईमेज न्युज एफएम १०३.६ ले हरपल निरन्तर समाचार प्रसारण गरिरहेको छ ।

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 91 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    • २०८१ माघ १३, आईतवार १४:५१
    • 33 views
    विद्युत् महसुल नतिर्ने चितवनका १३ सयभन्दा बढी ग्राहककाे लाइन काटियाे ।

    माघ १३,चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ३६८ ग्राहकको लाइन काटेको छ। समयमा विद्युत् महसुल नबुझाएका उनीहरूको लाइन गत साउनयता काटिएको हो। कार्यालयका प्रमुख ई. रामु…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *