नवलपुर , मंसीर १३ । कुनै पनि बालबालिकाको जन्मदर्ता रोक्ने अधिकार कोहि कसैलाई पनि नरहेको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताउनुभएको छ । मंगलबार कावासोतीमा भएको लैङ्गिक हिंसाविरुद्ध ऐक्यवद्धता विषयक अन्तरकृया कार्यक्रमा बोल्दै उहाँले सो कुराको जानकारी गराउनुभएको हो ।
उहाँले स्थानीय तहमा स्थापना भएको हिंसा निवारण कोषमा स्थानीय सरकारले बजेटको यथेष्ट बिनियोजन गर्न आग्रह गनुभयो । स्थानीय तहका सम्बन्धीत सरोकारवालाहरुले सभाबाट कोषमा बजेट बढाउन दबाब दिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी रहनुभएका चेसराम आलेले महिला मात्रै नभई पुरुषमा पनि हिंसा हुने गरेको तर्क गर्दै सबैखाले हिंसा अन्त्य गर्न मिलेर लाग्नुपर्ने बताउनुभयो । उहाँले न्यायीक समितलाई अझै शशक्त र अधिकारहरु दिएर प्रभावकारी बनाउन जरुरी रहेकोमा जोड दिनुभयो ।
बिनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष मिना रानाले अझै पनि अधिकाशं जनप्रतिनीधिले बाटोघाटोमा मात्रै बजेट बिनियोजन गर्न खोज्ने परिपाटी हुँदा सचेतनाका कार्यक्रम , छोरीका लागि शिक्षा , सवास्थ्यमा लगानी जस्ता विषयप्रति वेवास्ता भएको गुनासो राख्नुभयो । उहाँले जोकोहीलाई समस्या परेपनि कुनै पनि राजनैतिक पूर्वाग्रह नराखी न्याय दिनुपर्ने बताउनुभयो । नवलपुर एफ एम ।।