एजेन्सी । चीनमा पछिल्लो १ महिनामा कोरोना संक्रमणका कारण ६० हजार मानिसको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ ।
शून्य कोभिड-१९ काे नीति त्यागेपछि संक्रमणको चपेटामा परेको चीनमा गत डिसेम्बर ८ देखि जनवरी १२ को अवधिमा ५९ हजार ९ सय ३८ जनाको मृत्यु भएको जानकारी त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगको चिकित्सा मामिला प्रमुख चियाओ याहुईले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । त्यस मध्ये साढे ५ हजारको कोराेना संक्रमणपछि श्वासप्रश्वास समस्याले मृत्यु भएकाे छ ।
पत्रकार सम्मेलनमा चियाओले गत डिसेम्बर २३ मा २८ लाख बढी अस्पताल पुगेकोमा अहिले उक्त संख्या घटेर करिब ५ लाखमा झरेको भन्दै संक्रमण घट्दो क्रममा रहेको बताएका छन् । मृत्यु हुनेहरु मध्ये ९० प्रतिशत ६५ वर्ष माथिका मानिसहरू रहेको जनाइएकाे छ ।